न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयका सेवाहरु

2077-05-25

2077-05-25


सि.नं. सेवा सुविधाको प्रकार सेवाग्राहिले पुर्याउनु पर्ने प्रकृया तथा कागजातहरु दस्तुर समय जिम्मेवार कर्मचारी तथा शाखा/उपशाखा
१ आधारभूत स्तरको खानेपानी सुविधा/नयाँ आयोजनाको माग उपभोक्ता / उपभोक्ता समितिले तोकिएको विवरण सहितको फारम पेश गर्ने; सम्बन्धित स्थानीय तहको सिफारिस नि:शुल्क स्वीकृत भएको एक वर्ष खानेपानी तथा सरसफाइ शाखा / प्रसाशन शाखा
२ आयोजनाको मर्मत माग उपभोक्ता / उपभोक्ता समितिको माग निवेदन; सम्बन्धित स्थानीय तहको सिफारिस पत्र नि:शुल्क स्वीकृत भएको एक वर्ष खानेपानी तथा सरसफाइ शाखा / प्रसाशन शाखा
३ आयोजनाको संभाव्यता अध्ययन उपभोक्ता / उपभोक्ता समितिको माग निवेदन; सम्बन्धित स्थानीय तहको सिफारिस पत्र; फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग पुर्याउने नि:शुल्क स्वीकृत भएको एक महिना खानेपानी तथा सरसफाइ शाखा / प्रसाशन शाखा
४ आयोजनाको विस्तृत समेक्षण (DPR तयारी) फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग पुर्याउने नि:शुल्क तिन महिना खानेपानी तथा सरसफाइ शाखा
५ आयोजनाको निर्माण कार्यको सम्झौता उपभोक्ता समितिको माग निवेदन; सम्बन्धित स्थानीय तहको सिफारिस पत्र; उपभोक्ता समिति दर्ताको प्रमाण पत्र/ विधान १/१ प्रति; उपभोक्ता समितिको निर्णयको प्रतिलिपि नि:शुल्क एक हप्ता खानेपानी तथा सरसफाइ शाखा
६ बैंक खाता सिफारिस उपभोक्ता समितिको निर्णयको प्रतिलिपि; समितिका पदाधिकारहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि १ र फोटो २ प्रति; सम्बन्धित बैंकको खाता खोल्ने फाराम नि:शुल्क एक दिन खानेपानी तथा सरसफाइ शाखा/प्रशासन शाखा
७ आयोजनाको सामाग्री निकासा उपभोक्ता समितिको निवेदन; उपभोक्ता समितिको माग फाराम; योजनाको सामाग्री विवरण सहितको सिफारिस नि:शुल्क एक दिन खानेपानी तथा सरसफाइ शाखा/जिन्सी शाखा
८ आयोजनाको निर्माण कार्य निर्माण व्यवसायी / उपभोक्ता समितिले तोकिएको गुणस्तर वमोजिमको काम गर्नुपर्ने नि:शुल्क एक वर्ष खानेपानी तथा सरसफाइ शाखा/सव इन्जिनियर
९ आयोजना अनुगमन / निरिक्षण / सुपरिवेक्षण सव डिभिजनको निर्देशन पालन गर्नुपर्ने; निर्माण व्यवसायी / उपभोक्ता समितिले निर्माण कार्यको विवरण पेश गर्नुपर्ने नि:शुल्क निरन्तर डिभिजन प्रमुख/ खानेपानी तथा सरसफाइ शाखा/सव इन्जिनियर /प्राविधिक
१० आयोजना / परामर्श सेवाको विल भुक्तानी आयोजना / परामर्शदाता / उपभोक्ता समितिको निवेदन; उपभोक्ता समितिको कार्य सम्मन्न भएको र खर्च अनुमोदन भएको निर्णयको प्रतिलिपि; सम्बन्धित स्थानीय तहको निर्माण कार्य सम्पन्न भएको सिफारिस; सामाग्री खर्चको विवरण; खर्च सार्वजनिकरण गरेको कागजात; नापी किताब, विल, कार्य सम्पन्न प्रतिवेदन (सम्बन्धित प्राविधिकबाट प्रमाणित भएको); बैंक खाताको विवरण नि:शुल्क कार्य सम्पन्न भएको मितिले १ महिना डिभिजन प्रमुख/ खानेपानी तथा सरसफाइ शाखा/सव इन्जिनियर /प्राविधिक/ आर्थिक प्र.शाखा/ जिन्सी शाखा
११ धरौटी फुकुवा कर चुक्ता प्रमाण पत्र; मुल्य अभिवृद्धि कर समायोजन पत्र; प्राविधिकको सिफारिस नि:शुल्क निवेदन प्राप्त भएको १ हप्ता खानेपानी तथा सरसफाइ शाखा/सव इन्जिनियर /प्राविधिक/आर्थिक प्र.शाखा/ जिन्सी शाखा
 
           
(ख) जलस्रोत सिंचाइ तथा उर्जा सम्बन्धि
सि.नं. सेवा सुविधाको प्रकार सेवाग्राहिले पुर्याउनु पर्ने प्रकृया तथा कागजातहरु दस्तुर समय जिम्मेवार कर्मचारी तथा शाखा/उपशाखा
१ सिंचाइ योजना निर्माण तथा सुदृढिकरण कार्य सिंचाइ योजना माग गर्नको लागी योजना अनुरोध फारम; कम्तिमा १०% जनसहभागिता जुटाउने जल उपभोक्ता संस्थाको लिखित प्रतिवद्धता; प्रति रोपनी २।५० का दरले यस सव दिभिजनको धरौटि खातामा जम्मा गरेको बैंक भौचर; जलउपभोक्ता संस्थाले कुल लागत अंकको ०.५% ले हुन आउने रकम जम्मा गरेको बैंक भौचर; नहर रेखाङकनमा परेका जग्गाहरु नि:शुल्क रुपमा उपलब्ध गराउने कृषकहरुको लिखित प्रतिवद्धता नि:शुल्क स्वीकृत कार्यक्रम अनुसार सिंचाइ तथा उर्जा शाखाका सव इन्जिनियर
२ जल उत्पन्न प्रकोप नियन्त्रण कार्य कम्तिमा १०% जनसहभागिता जुटाउने जल उपभोक्ता संस्थाको लिखित प्रतिवद्धता नि:शुल्क स्वीकृत कार्यक्रम अनुसार सिंचाइ तथा उर्जा शाखाका सव इन्जिनियर
३ आपतकालिन तथा बाढी पहिरो पुनस्थापना कार्य जल उत्पन्न प्रकोपबाट प्रभावित उपभोक्ताहरुको निवेदन र स्थलगत क्षति को फोटो साथै सम्बन्धित स्थानिय तहको सिफारिस नि:शुल्क तुरुन्तै सिंचाइ तथा उर्जा शाखाका सव इन्जिनियर प्रशासन शाखा
४ मर्मत संभार र दिगो व्यवस्थापन कार्यक्रम क्षतिप्रस्त नहरको फोटो सहित विवरण उल्लेख गरी ज.उ.स. को निवेदन; सम्बन्धित स्थानीय तहको सिफारिस नि:शुल्क स्वीकृत कार्यक्रम अनुसार सिंचाइ तथा उर्जा शाखाका सव इन्जिनियर
५ सौय तथा नविकरणिय उजा कार्यक्रम सम्बन्धित उपभोक्ता समितिको निर्णय र निवेदन; सम्बन्धित स्थानीय तहको सिफारिस; कम्तिमा १०% जनसहभागिता जुटाउने उपभोक्ता समितिको लिखित प्रतिबद्धता नि:शुल्क स्वीकृत कार्यक्रम अनुसार सिंचाइ तथा उजा शाखाका सव इन्जिनियर
६ सिंचाइ जल उपभोक्ता संस्था दर्ता / नदि नियन्त्रण लाभग्राही समिति दर्ता महिलाको सहभागिता ३३% हुने गरि दलित उत्पिष्ठित र पिछडिएका जनजाति समुदयको समेत उचित प्रतिनिधित्व हुने गरी ९ देखी ११ जना सम्मको आम भेला वाट समिति गठन गरेको कागजात; ज.उ.स. को निवेदन साथमा पदाधिकारीहरुको नागरिकताको फोटोकपी; साधारण सभा वाट पारित विधान २ प्रति; सम्बन्धित स्थानीय तहको सिफारिस रु १०० ७ दिन सिंचाइ तथा उजा शाखाका सव इन्जिनियर प्रशासन शाखा
७ उपभोक्ता संस्था नविकरण नविकरणको हकमा आव समाप्त भएको मितिले ९० दिन भित्र ले.प. प्रतिवेदन सहित दरखास्त पेश गर्ने। समयमा दरखास्त पेश हुन नआएमा जउस विघटन भई विलम्ब शुल्क रु १०० लाग्नेछ। रु १०० तुरुन्तै सिंचाइ तथा उजा शाखाका सव इन्जिनियर प्रशासन शाखा
८ आर्थिक प्रशासन सम्बन्धि कार्य सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा आर्थिक कार्यविधि ऐन २०५५ र आर्थिक कार्यविधि नियमावली २०६४ वमोजिम सम्बन्धित शाखाबाट प्रमाणित कागजात नि:शुल्क ठेक्काको हकमा खरिद ऐन नियम अनुसार र अन्य कार्यको हकमा तुरुन्तै आर्थिक प्रशासन शाखा लेखा अधिकृत
९ सुचना सम्बन्धि कार्य लिखित वा मौखिक रुपमा माग गर्न सकिने नि:शुल्क तुरुन्तै सुचना अधिकारी

पछिल्लो अपडेट गरिएको : 2083-05-29 11:08:20

© सर्वाधिकार सुरक्षित खानेपानी, जलस्रोत तथा सिंचाई विकास सव-डिभिजन कार्यालय, मनाङ्ग

Powered By: ProActive Developers